"तराई बासी को ढुक ढुकी, रेडियो बारा हामी सबैको साहारा"

बाराको निर्वाचन क्षेत्रमाहरुमा कति मतदाता संख्या

0

कलैया, बारा।

गामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको नयाँ मतदाता नामावली अनुसार बारा जिल्लामा मतदाता संख्या बढेर ४ लाख ६५ हजार ७८४ पुगेको छ। जिल्ला निर्वाचन कार्यालय बारा अन्तर्गतको पछिल्लो अद्यावधिक विवरण अनुसार यो संख्या अघिल्लो निर्वाचनको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको हो।

लिङ्गका आधारमा हेर्दा बारा जिल्लामा पुरुष मतदाता २ लाख ५५ हजार ७६३महिला मतदाता २ लाख १० हजार ९, तथा तेस्रो लिङ्गका १२ जना मतदाता रहेका छन्। जिल्लामा ४ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन्।

निर्वाचन कार्यालयका अनुसार मतदाता नामावली संकलन तथा अद्यावधिक अभियान प्रभावकारी रूपमा सञ्चालन भएकाले नयाँ मतदाता थपिएका हुन्। विशेषगरी युवाको सहभागिता बढ्दै गएको देखिएको कार्यालयले जनाएको छ।

यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा बारा जिल्लामा करिब ८७ प्रतिशत मतदान भएको थियो। यसपटक पनि मतदाता सहभागिता उच्च रहने अपेक्षा गरिएको छ। निर्वाचन कार्यालयले सबै मतदातालाई निर्धक्क भई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेको छ।

📊 बारा जिल्ला : मतदाता तथ्यांक (नयाँ अपडेट)

कुल मतदाता संख्या
➤ ४,६५,७८४ जना

लिङ्ग अनुसार
➤ पुरुष : २,५५,७६३
➤ महिला : २,१०,००९
➤ तेस्रो लिङ्ग : १२ जबकी यो संख्या बारा जिल्ला भरिमा कमसे कम पाँच हजार रहेको छ।

निर्वाचन संरचना
➤ प्रतिनिधिसभा निर्वाचन क्षेत्र : 
➤ प्रदेशसभा निर्वाचन क्षेत्र : 

अघिल्लो तथ्यांक (पहिले)
➤ कुल मतदाता : ४,३६,६५३ थियो अब मतदाता वृद्धि
➤ वृद्धि संख्या : २९,१३१ जना मतदान प्रवृत्ति
➤ औसत मतदान प्रतिशत : ८०–९०%
➤ पछिल्लो स्थानीय तह निर्वाचन : ८७% मतदान

पछिल्लो तथ्यांकअनुसार क्षेत्रअनुसार मतदाता संख्या यस प्रकार छः

📌 निर्वाचन क्षेत्रअनुसार
क्षेत्र नं १ जम्मा : १,२०,३२७

क्षेत्र नं १ (क) : ६६,३५०

क्षेत्र नं १ (ख) : ५३,९७७

क्षेत्र नं २ जम्मा : १,०५,७७०

क्षेत्र नं २ (क) : ५२,८२०

क्षेत्र नं २ (ख) : ५२,९५०

क्षेत्र नं ३ जम्मा : १,०३,८२५

क्षेत्र नं ३ (क) : ५३,२१९

क्षेत्र नं ३ (ख) : ५०,६०६

क्षेत्र नं ४ जम्मा : १,०६,७३१

क्षेत्र नं ४ (क) : ५१,००१

क्षेत्र नं ४ (ख) : ५५,७३०

Leave A Reply

Your email address will not be published.