"तराई बासी को ढुक ढुकी, रेडियो बारा हामी सबैको साहारा"

“अब भाषण होइन, परिणामको राजनीति” — बारा–३ मा तिर्थ गुरुङको कडा हुंकार

0

बारा,कलैया ९० माघ शुक्रबार
बारा क्षेत्र–३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार तिर्थ गुरुङले चुनावी मैदानबाट पुरानो राजनीति र असफल सोचविरुद्ध कडा प्रहार गरेका छन्।

 

 

 

 

बलिरहेको बिजुलीको चिम चुनाव चिन्हसहित घरदैलो अभियान तीव्र बनाउँदै गुरुङले स्पष्ट सन्देश दिएका छन्-
अब भाषणले होइन, कामले नेतृत्वको मूल्यांकन हुन्छ।
घरदैलो भेटघाटका क्रममा उनले वर्षौंदेखि सत्तामा बसेर पनि जनताको जीवनमा कुनै ठोस परिवर्तन ल्याउन नसक्ने नेताहरुलाई सम्मानपूर्वक बिदाई गर्ने समय आएको बताएका छन्।
“अब जनता मौन बस्दैनन्, अब जनता आफैँ परिवर्तन बन्छन्,” उनले भने।

गुरुङले मतदातामाझ तीखा प्रश्न तेर्स्याए—
भाषण रोज्ने कि परिणाम?
पुरानो सोच रोज्ने कि नयाँ बाटो?
अन्धकार रोज्ने कि उज्यालो नेपाल?
उनका अनुसार बारा–३ अब प्रयोगशाला बन्नेछ, जहाँ काम गर्ने नेतृत्व र परिणाममुखी राजनीतिको सुरुवात हुनेछ भने बिष्णु अधिकारीले जानकारी गराए।

“निर्णय गर्ने अधिकार तपाईंकै हातमा छ, गलत निर्णयको भारी फेरि बोक्ने कि उज्यालो भविष्य रोज्ने?” भन्दै उनले मतदातालाई सोच्न बाध्य पारे।
स्थानीय जनतासँग प्रत्यक्ष संवादमा उनले सुशासन, रोजगारी, शिक्षा र विकासका सवालमा अब कुनै सम्झौता नहुने चेतावनी दिए। पुरानो शैलीको राजनीति अब बारा–३ मा अस्वीकार्य हुने उनको दाबी छ।

Leave A Reply

Your email address will not be published.