"तराई बासी को ढुक ढुकी, रेडियो बारा हामी सबैको साहारा"

बारा–३ मा चुनावी तयारी तीव्र, बडहर्वामा ५ सय सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

0

बारा, जितपुर सिमरा माघ १२, सोमबार
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१८ बडहर्वामा बारा क्षेत्र नं.–३ अन्तर्गत क्षेत्रीय अगुवा भेला सम्पन्न भएको छ। भरत बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भेलाले आगामी निर्वाचनलाई लक्षित गर्दै सशक्त परिचालन रणनीति अघि बढाउने निर्णय गरेको छ।

भेलाले निर्वाचन परिचालनका लागि ५ सय सदस्यीय कमिटी गठन गर्नुका साथै सचिवालय, समिति र उपसमितिहरू निर्माण गरेको छ। यसले बारा क्षेत्र–३ मा संगठनलाई अझ मजबुत बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

कार्यक्रममा स्वागत मन्तव्य सबिना गोलेले राखेकी थिइन्। मन्तव्यका क्रममा मुकेश साह, सुरेन्द्र यादव, सोनालाल साह, कृष्णदेव चौधरी लगायत वक्ताहरूले जनआधारित राजनीति, संगठन विस्तार र चुनावी तयारीलाई तीव्र बनाउनु पर्नेमा जोड दिएका थिए।
भेलामा दिनेश राई, क्षेत्र बहादुर श्रेष्ठ, नन्दलाल ठाकुर, हिमालचन्द्र खरेल, बद्री चौलागाईं, तारकेश्वर मिश्रा, श्रीप्रसाद पासवान, अबिद हुसेन लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन धुर्व यादवले गरेका थिए भने भेला सम्बन्धी जानकारी सन्दीप यादवले गराएका थिए।
अगुवा भेलाबाट बारा क्षेत्र–३ मा चुनावी माहोल थप तातेको संकेत देखिएको छ।

Leave A Reply

Your email address will not be published.