"तराई बासी को ढुक ढुकी, रेडियो बारा हामी सबैको साहारा"

सरुवा आदेश अटेरी : कार्यालय प्रमुख जयसवाल किन छोड्न मानिनन् पद?

0

पर्सा माघ १३ मंगलबार
पर्यटन विकास कार्यालयकी कार्यालय प्रमुख बबिता जयसवाल सरुवा भइसकेपछि पनि नयाँ कार्यस्थलमा हाजिर नभई साविककै कार्यालयमा बसेको तथ्य बाहिर आएको छ।
जयसवाललाई गत माघ २ गते भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा गरिएको थियो। तर, मन्त्रालयको स्पष्ट सरुवा निर्णय कार्यान्वयन नगरी उनले अझै पर्यटन विकास कार्यालयमै अड्डा जमाएर बसेको पाइएको हो।
स्रोतका अनुसार, जयसवालले आफ्नो सरुवा बदर गराउन विभिन्न तहमा दबाब सिर्जना गरिरहेको आरोप लागेको छ। सरुवा रोक्न उनले आफू निकट कर्मचारी संगठन र कर्मचारी नेताहरूलाई प्रयोग गरी प्रभाव जमाउने प्रयास गरिरहेको बताइएको छ।
सरुवा आदेश कार्यान्वयन हुन नदिन गरिएको यस्तो गतिविधि प्रशासनिक नियम, अनुशासन र सुशासनको ठाडो उल्लंघन भएको सरोकारवालाहरूको भनाइ छ।
सरुवा भइसकेपछि पनि कार्यालय नछोड्नुले सरकारी निर्णयप्रतिको अवज्ञा मात्र होइन, कर्मचारी प्रशासनमाथि गम्भीर प्रश्न खडा गरेको स्थानीय जानकारहरू बताउँछन्।
कार्यालय प्रमुखजस्तो जिम्मेवार पदमा बसेकी व्यक्तिले नै सरकारको निर्णय अटेरी गर्नुले प्रशासनिक मर्यादा कमजोर बनाउने खतरा बढेको भन्दै यस विषयमा सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण र आवश्यक कारबाहीको माग उठ्न थालेको छ।

Leave A Reply

Your email address will not be published.