"तराई बासी को ढुक ढुकी, रेडियो बारा हामी सबैको साहारा"

बारा क्षेत्र–३ मा पुरानो राजनीति विरुद्ध नेकपा उमेदवार साहको कडा प्रहार।

0

बारा,जितपुर सिमरा माघ १४ बुधबार
बारा क्षेत्र–३ मा प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तीव्र बन्दै गएको छ। यही क्रममा नेपाली कम्युनिस्ट पार्टीका उमेदवार भरत साहले पुराना र असफल नेताहरूलाई लक्षित गर्दै कडा शब्दमा प्रहार गरेका छन्।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१५ डुमरवानामा आयोजित प्रेस मिटमा बोल्दै उनले भने, “यो क्षेत्र वर्षौँदेखि उही अनुहारको कब्जामा छ। जनतालाई सपना देखाएर ठग्नेहरूको राजनीति अब अन्त्य हुनुपर्छ। हामी भाषण बेच्ने होइन, काम गरेर परिणाम दिने उम्मेदवार हौँ।”

शिक्षा क्षेत्रमा लामो अनुभव रहेको उल्लेख गर्दै उमेदवारले थपे, “मैले शिक्षा क्षेत्रमा सिकेको अनुभव अब कागजमा होइन, गाउँ–टोलमै देखिने गरी कार्यान्वयन हुनेछ। पुरानो सोच र पुरानो नेतृत्वलाई सम्मान पूर्वक बिदाइ गर्ने समय आएको छ।”

प्रेस सेन्टर नेपाल बारा जिल्ला अध्यक्ष रञ्जन यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा नेताहरू तथा अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा भरत खड्का, रामचन्द्र प्यासी, हिमाल खरेल, मुकेश साह, धुर्ब यादव, भरत भण्डारी, मनमाया घले, राज खान, सरोज दाहाल, अवधेश पटेल, रामशरण बर्तौला लगायतले परिवर्तनको पक्षमा एकजुट हुन आह्वान गरे।
कार्यक्रममा स्वागत मन्तव्य रमेश साहले राखेका थिए भने सञ्चालन अखिलेश यादवले गरेका थिए। कार्यक्रममा समाजवादी प्रेस संगठन बारा जिल्ला अध्यक्ष अजय साह सहित शारदा पोखरेल, प्रियांका सरार्फ, विशाल सरार्फ, अरुण कुशवाहा र विदुर खड्काको सहभागिताले चुनावी लडाइँ थप धारिलो बनेको संकेत दिएको छ।

प्रेस मिट मार्फत नेकपा उमेदवारले बारा क्षेत्र–३ अब सम्झौताको राजनीति होइन, निर्णायक परिवर्तनको बाटोमा अघि बढि सकेको स्पष्ट सन्देश दिएका छन्।

Leave A Reply

Your email address will not be published.