बारा,जितपुर सिमरा माघ १४ बुधबार
बारा क्षेत्र–४ बाट नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि सभा उम्मेदवार अजय कुशवाहाले युवाको चाहना र जनभावनालाई केन्द्रमा राखेर आफ्नो उम्मेदवारी अघि बढाएको स्पष्ट पारेका छन्।
जितपुर सिमरा उपमहानगरपालिका वडा–१५ डुमरवानामा आयोजित प्रेस मिटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कुशवाहाले भने, “मेरो उम्मेदवारी युवाको भावनाबाट जन्मिएको हो। म वाचा गरेर पूरा नगर्ने अन्य दलका उम्मेदवारजस्तो होइन, जे भन्छु त्यो गरेर देखाउँछु।”
आफू कसैसँग द्वन्द्वको राजनीतिमा नभई विकास र समाधानको राजनीतिमा रहेको उल्लेख गर्दै उनले किसानका समस्या आफ्नो प्रमुख एजेन्डा भएको बताए। “किसानको उत्पादनको उचित भण्डारण र बजार सुनिश्चित गर्नु मेरो पहिलो प्राथमिकता हो,” उनले जोड दिए। अन्तर्राष्ट्रिय भलिबल खेलाडी समेत रहेका कुशवाहाले खेल क्षेत्रबाट आएको अनुभवका आधारमा खेल र खेलाडीको संरक्षण तथा प्रवर्द्धनमा विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
प्रेस सेन्टर नेपाल बारा जिल्ला अध्यक्ष रञ्जन यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरत खड्का, रामचन्द्र प्यासी, हिमाल खरेल, मुकेश साह, धुर्ब यादव, भरत भण्डारी, मनमाया घले, राज खान, सरोज दाहाल, अवधेश पटेल, रामशरण बर्तौला लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य रमेश साहले राखेका थिए भने सञ्चालन अखिलेश यादवले गरेका थिए। साथै समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष अजय साह, शारदा पोखरेल, प्रियंका सरार्फ, अशेष ढुंगाना, विशाल सरार्फ, अरुण कुशवाहा, विदुर खड्का लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
प्रेस मिट मार्फत सार्वजनिक भएको कुशवाहाको स्पष्ट एजेन्डा, युवा केन्द्रित दृष्टिकोण र व्यवहारिक प्रतिबद्धताले बारा क्षेत्र–४ मा चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको संकेत गरेको छ। स्थानीयस्तरमा जनतामाझ आशा र अपेक्षा बढ्दै जाँदा निर्वाचनको माहोल तातिँदै गएको छ।