बारा,कलैया माघ १५ बिहिवार
बारा क्षेत्र–३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार भरत साहले घरदैलो अभियानको औपचारिक सुरुवात गरेका छन्।
घरदैलो अभियानको औपचारिक सुरुवात गरेका छन्। अभियान कलैया उपमहानगरपालिका वडा नं.–२४ बाट सुरु गरिएको हो।
घरदैलो क्रममा वडाका मतदाताहरूले देश बचाउने संकल्प सहित तारा छापमै मतदान गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्दै उत्साह पूर्वक स्वागत गरेका छन्। घर–घरमा पुग्दा आम नागरिकको हाँसो, उल्लास र सक्रिय सहभागिताले चुनावी माहोल झन् तातेको देखिएको छ।
स्वागतका क्रममा मतदाताहरूले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार भरत साहलाई नै सबैभन्दा योग्य, बौद्धिक र जनभावना बुझ्ने नेतृत्वको रूपमा मूल्याङ्कन गर्दै समर्थन जनाएका छन्। जनताले पुरानो राजनीतिक शैलीको विकल्प खोजिरहेको संकेत गर्दै यो घरदैलो अभियानले क्षेत्र–३ मा तारामा मतदान बाट jपरिवर्तनको लहर सुरु भएको स्पष्ट देखिएको छ।
घरदैलो अभियानलाई निरन्तरता दिँदै भरत साहले जनताको विश्वास र समर्थनलाई नै आफ्नो मुख्य शक्ति बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।