"तराई बासी को ढुक ढुकी, रेडियो बारा हामी सबैको साहारा"

बारा क्षेत्र–१मा जनमत पार्टीका उम्मेदवार डा. कमरुल्लाह अंसारीको घरदैलो अभियान तीव्र

0

बारा,सिम्रोनगढ माघ १५ बिहिवार
बारा क्षेत्र–१ प्रतिनिधि सभा सदस्यका लागि जनमत पार्टीका उम्मेदवार डा. कमरुल्लाह अंसारीले चुनावी अभियानलाई तीव्र बनाएका छन्। हरन छाप लिएर मैदानमा उत्रिएका अंसारी हाल क्षेत्रभर घरदैलो अभियान गर्दै मतदातासँग प्रत्यक्ष भेटघाटमा व्यस्त छन्।

मतदातासँगको भेटमा उनले शिक्षित र पेशागत पृष्ठभूमि भएका व्यक्तिहरू सदनमा पुगेमा वास्तविक समस्या पहिचान र समाधान सम्भव हुने धारणा राख्दै आएका छन्। विशेषगरी स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै ती क्षेत्रमा सुधार र पहुँचको सुनिश्चितता आफ्नो प्रमुख एजेन्डा रहेको उनको भनाइ छ।

चुनावी प्रतिस्पर्धालाई स्वस्थ र लोकतान्त्रिक बनाउनु पर्नेमा जोड दिँदै अंसारीले विचार र कार्यक्रमका आधारमा मत मागिरहेको जनाएका छन्। बारा क्षेत्र–१ मा विभिन्न दलका उम्मेदवारहरू बीच प्रतिस्पर्धा चर्किंदै जाँदा जनमत पार्टीका उम्मेदवार अंसारीको घरदैलो अभियानले चुनावी माहोल थप सक्रिय बनेको देखिन्छ।

Leave A Reply

Your email address will not be published.