"तराई बासी को ढुक ढुकी, रेडियो बारा हामी सबैको साहारा"

बारा क्षेत्र–२ : जन अधिकार पार्टीका उम्मेदवार अमरेश पाण्डेको उम्मेदवारी घोषणा

0

बारा, देवताल माघ १६ शुक्रबार
बारा क्षेत्र–२ : जन अधिकार पार्टीका उम्मेदवार अमरेश पाण्डेको उम्मेदवारी घोषणा
बारा क्षेत्र–२ बाट जन अधिकार पार्टीका तर्फबाट अमरेश कुमार पाण्डे प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन्। बारा प्रेस जनमतका पूर्व जिल्ला अध्यक्ष रहँदै लामो समय पत्रकारिता पेशामा सक्रिय पाण्डे समाज सेवामा निरन्तर संलग्न रहँदै आएका छन्।
उम्मेदवारी घोषणा कार्यक्रममा पाण्डेले पेशा फरक भए पनि जीवनभर समाज सेवामै समर्पित रहने प्रतिबद्धता व्यक्त गरे। उनले तस्करी, दलाली र भ्रष्टाचारविरुद्ध कडा रूपमा उभिने उद्घोष गर्दै स्वच्छ र जवाफ देही राजनीति आफ्नो प्राथमिकता हुने बताए।

जन अधिकार पार्टीको चुनाव चिन्ह ढुङ्गा छाप लिएर मैदानमा उत्रिएका पाण्डेले क्षेत्रको समग्र विकास, सुशासन र जनताको आवाज सदन सम्म पुर्‍याउने लक्ष्य सहित चुनावी अभियान अघि बढाउने जनाएका छन्।

Leave A Reply

Your email address will not be published.