बारा,करैयामाई माघ १६ शुक्रबार
बारा क्षेत्र–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले करैयामाई गाउँपालिका वडा नं.–५ तेतरियामा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रममा सयौँको संख्यामा स्थानीय नागरिक विभिन्न पार्टी परित्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन्।
संविधानसभा सदस्य भइसकेको अनुभव बोकेका कुशवाहा प्रति आम नागरिकले भरोसा व्यक्त गर्दै, युवा जोससँगै अनुभवलाई प्राथमिकतामा राख्ने नेतृत्वको आवश्यकता रहेको बताए।
पार्टी प्रवेश गर्ने सहभागीहरूले विकास, सुशासन र जनताको मुद्दा मजबुत रूपमा उठाउन सक्ने उम्मेदवारका रूपमा कुशवाहालाई विश्वास गरेको प्रतिक्रिया दिएका छन्।
चुनाव चिन्ह खुलेको आँखा लिएर मैदानमा उत्रिएका कुशवाहाले जनताको भरोसालाई जिम्मेवारीका रूपमा लिँदै क्षेत्रको समग्र विकास र लोकतान्त्रिक मूल्य मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।