ग्यालेक्सी बिजनेस कलेजका विद्यार्थीद्धारा होलीमा सामाजिक सेवा, अमृता अनाथ आश्रममा सहयोग वितरण

0

बारा,कलैया १७ फाल्गुन
ग्यालेक्सी बिजनेस कलेजमा अध्ययनरत विद्यार्थी भाइ–बहिनीहरूले होली पर्व २०८२ को पावन अवसरमा सामाजिक उत्तरदायित्वको अनुकरणीय उदाहरण प्रस्तुत गरेका छन्।

होलीको विशेष दिन पारेर विद्यार्थीहरूले अमृता अनाथ आश्रममा आश्रित बालबालिकाहरूलाई स्टेशनरी सामग्री, दैनिक उपभोग्य खाद्यान्न तथा होली पर्वका लागि आवश्यक सामग्रीहरू स–प्रेम वितरण गरेका हुन्।
कार्यक्रममा कलेजका प्रशासन प्रमुख संजय केशरीले होलीको शुभकामना व्यक्त गर्दै शिक्षा केवल पाठ्य पुस्तकमा सीमित नरही व्यवहारिक जीवनमा पनि मानवता, करुणा र सामाजिक दायित्व सिकाउनु पर्ने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई असल नागरिक बन्न प्रेरित गर्ने धारणा व्यक्त गर्नुभयो।
कलेजका लेक्चरर गंगासागर कुशवहा,अमित सरार्फ,अरुण चौधरी सहित विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा होली पर्व केवल रङहरूको उत्सव मात्र नभई आपसी सद्भाव, प्रेम, भाइचारा र मानवताको भावना सुदृढ गर्ने अवसर भएको सन्देश दिइएको थियो।

विद्यार्थीहरूले अनाथ आश्रमका बालबालिकासँग खुसी साटासाट गर्दै आवश्यक सहयोग प्रदान गरी मानवीय सेवा र सामाजिक प्रतिबद्धताको परिचय दिएका छन्।

शिक्षाको स्तरमा हेर्दा, यस्ता क्रियाकलापहरूले व्यवहारिक शिक्षा, नेतृत्व क्षमता तथा सामाजिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। कलेज प्रशासनले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.