बारा–१ मा जनमत पार्टीका डा. कमरुल्लाह अंसारीको प्रतिबद्धता: सिम्रौनगढमा छोटी भन्सार देखि सुकुम्बासी लाई लालापुर्जा सम्मको एजेण्डा

0

बारा,सिम्रोनगढ १८ फाल्गुन
नमत पार्टी बारा क्षेत्र–१ का उमेदवार डा. कमरुल्लाह अंसारी ले हरन छापमा मत माग्दै निर्वाचन जितेपछि जनताको मुद्दा सशक्त रूपमा सदनमा उठाउने प्रतिबद्धता जनाएका छन्।

घरदैलो तथा भेटघाटका क्रममा उनले क्षेत्रका जटिल समस्यालाई प्राथमिकतामा राख्ने बताएका हुन्।
मुख्य एजेण्डा र प्रतिबद्धता:
सिम्रौनगढमा छोटी भन्सार स्थापना
सिम्रौनगढ क्षेत्रमा आर्थिक गतिविधि बढाउन छोटी भन्सार खोल्न पहल गर्ने।

कोहल्बी नगरमा जंगली जनावर नियन्त्रण
कोहल्बी नगरभित्र हात्ती तथा अन्य जंगली जनावरको जोखिम न्यूनीकरणका लागि राज्यबाट तारबार र वैज्ञानिक सुरक्षा प्रणाली लागू गर्न पहल गर्ने।

निजगढका सुकुम्बासी समस्या समाधान
निजगढ नगरपालिकामा लालापुर्जा वितरण प्रक्रिया द्रुत गतिमा अघि बढाउन सम्बन्धित निकायमा दबाब र पहल गर्ने।

सिंचाइ, शिक्षा र स्वास्थ्य सुधार
क्षेत्रका सिंचाइ प्रणाली कमजोर, शिक्षा स्तर खस्कँदो र स्वास्थ्य सेवा अत्यन्त कमजोर अवस्थामा रहेको उल्लेख गर्दै, निर्वाचित भएपछि यी विषयमा जोडदार आवाज उठाउने अंसारीको प्रतिबद्धता।

उमेदवार अंसारीले “जनताको विश्वास जितेपछि बारा क्षेत्र–१ का हरेक समस्या सदनसम्म पुर्‍याएर समाधानका लागि निरन्तर दबाब सिर्जना गर्ने” बताएका छन्।

बारा–१ मा अहिले जनमत पार्टीको सक्रियता बढ्दै गएको र जनस्तरमा सकारात्मक प्रतिक्रिया देखिएको स्थानीयको भनाइ छ।

Leave A Reply

Your email address will not be published.