मौसम प्रतिकूलता बीच ब्राह्मण समाज बारा समितिको सपथ कार्यक्रम सफल।

0

बारा,कलैया ०७ फाल्गुन
ब्राह्मण समाज नेपाल, बारा जिल्ला तदर्थ समितिको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम कलैया–भरत चौकस्थित देवकी लाल धर्मशाला मा सम्पन्न भएको छ।

कार्यक्रम देवनाथ उपाध्याय (केन्द्रीय उपाध्यक्ष तथा निर्वाचन मण्डल संयोजक) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रमुख अतिथि उपाध्यायले नवगठित तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए।

मौसम प्रतिकूल भए पनि कार्यक्रममा सल्लाहकार समिति तथा जिल्ला तदर्थ समितिका अधिकांश सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। अनुपस्थित पदाधिकारी तथा सदस्यहरुलाई आगामी बैठक मार्फत सपथ ग्रहण गराइने आयोजकले जनाएको छ।

कार्यक्रमका अध्यक्ष अनिल कुमार पाण्डेय ले सहभागी सबैलाई गम्छा तथा नेपाली ढाका टोपी लगाएर स्वागत तथा सम्मान गरेका थिए।
सपथ ग्रहण गर्नेहरुमा अध्यक्ष अनिल कुमार पाण्डेय, उपाध्यक्ष राजेश तिवारी, उपाध्यक्ष धिरेन्द्र तिवारी, कोषाध्यक्ष आशुतोष पाण्डेय, सह–सचिव दिलिप शुक्ला तथा सदस्यहरु सुजित पाण्डेय, मोहन लामिछाने, अन्जन खनाल, संजय कुमार तिवारी, निरज पाण्डेय, राजिव पाण्डेय, संजय तिवारी, टिलेन्द्र पुरुष ढकाल, चन्द्रभूषण शर्मा, विजय पाण्डेय र शिवशंकर मिश्र रहेका छन्।
कार्यक्रममा प्रमुख अतिथि देवनाथ उपाध्यायले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरेका थिए।

Leave A Reply

Your email address will not be published.