"तराई बासी को ढुक ढुकी, रेडियो बारा हामी सबैको साहारा"

ट्रकको ठक्करले स्कुटी चालकको मृत्यु

0

बारा,कलैया माघ ११ आइतबार
बारामा आज विहान सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

ट्रकले स्कूटीलाई ठक्कर दिदा सो दुर्घटना भएको उनीहरु घाइते भएको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा बारा कलैया उपमहानगरपालिका वडा नम्बर ३ भवानिपुर  निवासी स्कूटी चालक २० वर्षीय आयुष गुप्ता रहेका छन्।

वीरगंजबाट कलैयातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले विपरित दिशा बाट आउदै गरेको म.प्र.०३–०२७प ७८२९ नम्बरको स्कुटि लाई बारा प्रसौनि गाउँपालिका – २ दुधौरा पुल स्थित ठक्कर दिएको हो। स्कुटि चालक आयुष गुप्ताको टाउँकोमा चोट लागि अवस्था गम्भी भएको थियो।

सोहि स्कुटिमा पछाडि सवार पर्सा जिल्लाको बिरगंज महानगरपालिका १० घरीहर्वाकोे मौसम कुमार साहको दाहिने हात,ढाडमा चोट लागि दुबै जना घाईतेको उपचारको लागी न्युरो परवानिपुर,बारामा पठाईएको थियो। उपचारको क्रममा गुप्ताको ईसिजि गर्दा उपचारको क्रममा मृत्यु भएको हो।

म.प्र.०३–००२ ख ४१०२ नम्बरको ट्रकले स्कुटिलाई ठक्कर दिई फरार भएकोमा ट्रकलाई कलैयाको हनुमान चौकबाट प्रहरीले नियन्त्रणमा लिएको हो। ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका २ चौधरी टोल बस्ने २४ वर्षीय दिपेश चौधरीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बारा कलैयामा लिई राखिएको छ।

Leave A Reply

Your email address will not be published.