बारा,निजगढ माघ १३ मंगलबार
बारा क्षेत्र–१ मा नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार संतोष दंगाल परिवर्तनकारी राजनीतिक एजेन्डा सहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
युवा नेतृत्वको प्रतिनिधित्व गर्ने दंगाललाई पार्टी भित्र दृढ निर्णय क्षमता, स्पष्ट राजनीतिक दृष्टिकोण र संघर्षशील कर्मीका रूपमा चिनिन्छ।
दंगालले अहिलेको बेरोजगारी, अव्यवस्थित कृषि र शिक्षा पहुँचको संकटलाई राजनीतिक एजेन्डाको केन्द्रमा राख्दै युवालाई रोजगारीको सुनिश्चितता, कृषिमा आधुनिकिकरण र आफ्नै क्षेत्रमा राष्ट्र स्तरीय शिक्षा पहुँच गराउने प्रतिबद्धता जनाएका छन्।
“राष्ट्रको लागि नेपाली कम्युनिस्ट पार्टी” भन्ने मूल नारासहित अघि बढेका दंगालले पूँजीमुखी र अवसरवादी राजनीति विरुद्ध जनमुखी, उत्पादन मुखी र राष्ट्रिय हितमा आधारित राजनीति आवश्यक रहेको बताएका छन्। उनका अनुसार अब भाषण होइन, नीति र कार्यान्वयनको राजनीतिले मात्र देशलाई अगाडि बढाउन सक्छ।
बारा क्षेत्र–१ मा नेकपा उम्मेदवार दंगालको उम्मेदवारीलाई युवा चेतना, राजनीतिक स्पष्टता र वैचारिक संघर्षको निरन्तरताका रूपमा हेरिएको छ।