"तराई बासी को ढुक ढुकी, रेडियो बारा हामी सबैको साहारा"

“बारा क्षेत्र–१ मा तारा छापको लहर, संतोष दंगाल भन्छन्– राजनीति होइन, समाधान चाहिन्छ”

0

बारा निजगढ माघ १५ बिहिवार

बारा क्षेत्र–१ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार संतोष दंगालले आफ्नो पार्टीको चुनाव चिन्ह तारा छापमा मतदान गर्न चौतर्फी अपिल गर्दै निजगढ नगरमा राजनीतिक माहोल तताएका छन्।
आज निजगढ नगर उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न नगर स्तरीय अगुवा भेलामा बोल्दै दंगालले निजगढ नगरका बौद्धिक व्यक्तित्व, शिक्षक, कृषक तथा श्रमिक वर्गका दीर्घकालीन समस्याको समाधानका लागि आफू सधैं प्रतिबद्ध रहेको स्पष्ट पारे।
उनले शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार, कृषिमा आधुनिक प्रविधि र बजारको पहुँच, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र सुदृढी करणलाई आफ्नो प्राथमिक एजेन्डा भएको बताए। “राजनीति केवल भाषण होइन, परिणाम दिने कर्म हो,” भन्दै दंगालले जनताको भरोसाको केन्द्र तारा छाप नै भएको दाबी गरे।
अगुवा भेलामा सहभागी स्थानीय बुद्धिजीवी र सामाजिक अगुवाहरूले निजगढको विकासका लागि इमानदार, जनमुखी र वैचारिक रूपमा स्पष्ट नेतृत्व आवश्यक रहेको धारणा राख्दै दंगालको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका थिए।
भेलासँगै निजगढ नगरमा तारा छापको चर्चा तीव्र बनेको छ भने नेपाली कम्युनिस्ट पार्टीप्रति जन आकर्षण बढ्दो देखिएको छ।

Leave A Reply

Your email address will not be published.