"तराई बासी को ढुक ढुकी, रेडियो बारा हामी सबैको साहारा"

ढुङ्गा छाप लिएर जन अधिकार पार्टीका सहनीको दाबी: बोल्ने होइन,गरेर देखाउने राजनीति

0

बारा,कलैया माघ १५ बिहीबार

बारा क्षेत्र नं.–३ बाट प्रतिनिधि सभा सदस्यका लागि जन अधिकार पार्टीका उम्मेदवार संजय कुमार सहनी चुनावी मैदानमा सक्रिय देखिएका छन्।

“परिवर्तनको सारथी, इमानदार नेतृत्व, नयाँ सोच–नयाँ नेपाल” भन्ने मुल नारा सहित सहनीले पुरानो राजनीतिक प्रवृत्तिको अन्त्य गर्दै व्यवहारमा आधारित राजनीति गर्ने प्रतिबद्धता जनाएका छन्।

“बोल्ने होइन, गर्ने राजनीति”लाई मूल एजेन्डा बनाएका सहनीले जनताको वास्तविक समस्या बुझेर समाधानमा लाग्ने धारणा राख्दै आएका छन्। भ्रष्टाचारविरुद्ध कठोर अडान, पारदर्शी शासन र जन उत्तरदायी नेतृत्व नै आफ्नो राजनीतिक मार्गदर्शन रहेको उनको भनाइ छ।

जन अधिकार पार्टीले जनताको आवाजलाई सिधै सत्तासँग जोड्ने लक्ष्य लिएको बताउँदै सहनीले बारा क्षेत्र नं.–३ लाई विकास, सुशासन र अवसरको केन्द्र बनाउने दाबी गरेका छन्। ढुङ्गा छाप चुनाव चिन्हसहित मैदानमा उत्रिएका सहनीको उम्मेदवारीले क्षेत्रको चुनावी प्रतिस्पर्धालाई थप चर्काएको छ।

 

 

Leave A Reply

Your email address will not be published.