"तराई बासी को ढुक ढुकी, रेडियो बारा हामी सबैको साहारा"

पर्सा क्षेत्र–२ मा श्याम गुप्ताको आक्रामक घरदैलो : ‘जितेर हराउने होइन, यहीँ बस्ने उम्मेदवार हुँ’

0

पर्सा,माघ १५ बिहीबार
पर्सा क्षेत्र नम्बर–२ बाट जनमत पार्टीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्याम गुप्ताले आज पर्सागढी, बडेरवा, गोडपसरा, तेलिया र एकटंगा क्षेत्रमा सशक्त घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्।

घरदैलोका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै गुप्ताले विगतका सांसदहरू माथि कडा प्रहार गरे। “यस क्षेत्रबाट बारम्बार जितेर काठमाडौं जाने र फेरि जनताको बीचमा नदेखिने प्रवृत्तिको अन्त्य गर्न म मैदानमा उत्रिएको हुँ,” भन्दै उनले आफू चुनाव जितेपछि पनि यही क्षेत्रमा रहने स्पष्ट प्रतिबद्धता जनाए।

गुप्ताले पर्सा क्षेत्र–२ लाई स्वास्थ्य र शिक्षामा अव्वल बनाउने आफ्नो मुख्य एजेन्डा रहेको बताए। “यहाँका जनता अझै आधारभूत स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाबाट वञ्चित छन्, अब भाषण होइन, परिणाम देखिने काम हुन्छ,” उनको भनाइ थियो।

कृषि क्षेत्रको आधुनिकीकरण, विद्युतिय प्रविधिको सही प्रयोग, र किसानलाई प्रत्यक्ष लाभ पुग्ने योजना सहित कृषि सुधार आफ्नो प्राथमिकता हुने गुप्ताले बताए। “किसानको पसिनाको मूल्य नपाउने व्यवस्था बदल्नै पर्छ,” भन्दै उनले कृषि क्षेत्रमा आमूल परिवर्तनको संकेत गरे।

स्थानीय मतदाताले पनि ‘जितेपछि नफर्कने नेता भन्दा जनता माझै रहने उम्मेदवार चाहिएको’ प्रतिक्रिया दिएका छन्। श्याम गुप्ताको घरदैलो अभियानले पर्सा क्षेत्र–२ को चुनावी माहोल थप तातेको छ।

Leave A Reply

Your email address will not be published.