पर्सागढीका वडावडामा श्याम गुप्ताको सक्रियता, मतदाता सँग प्रत्यक्ष संवाद।

0

पर्सा,पर्सागढी माघ १८ आइतबार
पर्सा क्षेत्र नम्बर–२ अन्तर्गत जनमत पार्टीका प्रतिनिधि सभा उम्मेदवार श्याम गुप्ताले पर्सागढी नगरपालिका का विभिन्न वडामा घरदैलो, भेटघाट तथा आम मतदातासँग प्रत्यक्ष संवादलाई तीव्र बनाएका छन्।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार गुप्ताले स्थानीय बासिन्दा सँग भेटघाट गर्दै क्षेत्रका समस्या, आवश्यकता र विकासका सम्भावना बारे छलफल गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै स्थानीय स्तरबाटै समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आम मतदातासँगको संवादमा गुप्ताले भने, “जनतासँग नजिक भएर उनीहरूको आवाज सदन सम्म पुर्‍याउनु नै मेरो मुख्य उद्देश्य हो।” उनले चुनाव पछि पनि क्षेत्रमै सक्रिय रहने र जनताको विश्वासलाई कर्मबाट प्रमाणित गर्ने धारणा राखे।

पर्सागढीका विभिन्न वडामा भएको भेटघाट कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता देखिएको छ। जनमत पार्टीले यस क्षेत्रलाई आफ्नो प्रभावशाली आधार क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य सहित संगठित र शान्तिपूर्ण ढंगले चुनावी गतिविधि अगाडि बढाइ रहेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.