"तराई बासी को ढुक ढुकी, रेडियो बारा हामी सबैको साहारा"

पर्यटन विकास कार्यालय पर्सामा अख्तियारको छापा

0

पर्सा ।

पर्यटन विकास कार्यालय पर्सामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ। कार्यालय प्रमुख बबिता जयसवाल तथा लेखापाल सुबोध यादवको मिलोमतोमा कार्यालयमा भएको अनियमितता र भ्रष्टाचारसम्बन्धी उजुरीको आधारमा अख्तियारको टोलीले आज बिहान आकस्मिक रूपमा छानबिन थालेको हो।
अख्तियार स्रोतका अनुसार कार्यालयमा भएका आर्थिक कारोबार, योजना छनोट, बजेट खर्च, खरिद प्रक्रिया तथा प्रशासनिक निर्णयहरूबारे कागजात नियन्त्रणमा लिइएको छ। कार्यालयका कम्प्युटर, फाइल तथा महत्वपूर्ण कागजातहरू समेत जाँच गरिएको जनाइएको छ।
छापाका क्रममा कार्यालय प्रमुख जयसवाल सहित सम्बन्धित कर्मचारीसँग सोधपुछ गरिएको बताइएको छ। यद्यपि अख्तियारले हालसम्म छानबिनको विस्तृत विवरण सार्वजनिक गरेको छैन।
लामो समयदेखि पर्यटन विकास कार्यालय पर्सामा अनियमितता भएको भन्दै विभिन्न निकायमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा प्रारम्भिक अनुसन्धानपछि अख्तियारले छापा मारेको स्रोतको दाबी छ।
अख्तियारको छापापछि कार्यालय परिसरमा चहलपहल कम देखिएको छ भने कर्मचारीहरू त्रसित बनेका छन्। थप अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने अख्तियारले जनाएको

Leave A Reply

Your email address will not be published.