बारा,कलैया ०९ फाल्गुन
बारा जिल्लाको कलैयास्थित मनकामना सेकेन्ड्री इङ्लिस बोर्डिङ स्कुलले आफ्नो २३औं वार्षिकोत्सव कार्यक्रम आफ्नै विद्यालय परिसरमा भव्य रूपमा सम्पन्न गरेको छ।
शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउँदै आएको यस विद्यालयले वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका अभिभावक जनार्दन चौरसिया,मदन पटेल,जयप्रकाश यादब,राजकिशोर पान्डे,नैमुलहक अंसारी,इसराफिल मिया,समिना खातुन,महम्मद इसादुला, अमित थापा,बिजय जयसवाल,सुभाद्रा साह,राकेश पडित,बैजनाथ प्रसाद साह,रामेश्वर प्रसाद तेलि,व्यक्तित्वहरूलाई सम्मान समेत गरेको थियो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कपिलदेव प्रसाद कुश्वाहाको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा अशोक रौनियारको उपस्थिति रहेको थियो।
त्यसैगरी विशिष्ट अतिथिहरूमा कलैया उपमहानगर पालिका वडा नं. १८ का वडा अध्यक्ष धुरुब यादव सहित राजिव यादव, अरुण पाल, सन्तोष शर्मा र जयराम गुप्ताको सहभागिता रहेको थियो।
कार्यक्रममा संस्थापक तथा निर्देशक रामबाबु कुशवाहा, ब्राइट ल्यान्ड इङ्लिस बोर्डिङ स्कुलका संस्थापक रामधारी यादव, नेपाल कुशवाहा कल्याण समाजका रामबिदया कुशवाहा, गोपाल सेवा समिती बाराका अध्यक्ष जंगबहादुर यादव,श्री ३ चन्द्र माध्यमिक बिधालयका प्रअ रमेश कुशवाहा, नेपाल कुशवाहा कल्याण समाज बारा अध्यक्ष चन्द्रदेव कुशवाहा, पशुपति पुस्तकालयका अध्यक्ष राजा प्रसाद दास, मोटिभेसनल व्यक्तित्व गंगासागर कुशवाहा, नागरिक समाज बाराका बिन्देश्वर शर्मा तथा सरस्वती इङ्लिस बोर्डिङ स्कुलका संस्थापक कपिलदेव यादव,एनप्यापसन बारा अध्यक्ष प्रभुलाल कुशवाहा लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस अवसरमा अभिभावक, शिक्षक, पत्रकार तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रमको सञ्चालन धुपलाल प्रसाद सहनीले गरेका थिए।
विद्यालयले विगत २३ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र स्थानीय स्तरमा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको वक्ताहरूले बताएका छन्। कार्यक्रमले शिक्षा क्षेत्रमा विद्यालयको भूमिका अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।