"तराई बासी को ढुक ढुकी, रेडियो बारा हामी सबैको साहारा"

तारा छापमा जनलहर उर्लियो: बारा–१ मा सन्तोष दंगालको घरदैलो निजगढ–१० बाट सुरु, सहिदको सपना पूरा गर्ने अठोट

0

बारा,निजगढ माध २२ बिहीबार

बारा, क्षेत्र नं. १ — नेपाल कम्युनिष्ट पार्टी बारा क्षेत्र नं. १ को प्रतिनिधि सभा निर्वाचन लक्षित घरदैलो अभियान आजबाट औपचारिक रूपमा सुरु भएको छ। अभियानको सुरुवात बाराको निजगढ नगरपालिका वडा नं. १० बाट गरिएको हो।

घरदैलो कार्यक्रम अघि प्रतिनिधि सभा सदस्यका उम्मेदवार सन्तोष दंगाल ले जनआन्दोलन तथा जनयुद्धका सहिद प्रति उच्च सम्मान व्यक्त गर्दै जनयुद्ध सहिद पार्क, हिरालाल पार्क र गणेशमान पार्क मा माल्यार्पण गरेका थिए। सहिदहरूको बलिदानले स्थापित व्यवस्था जोगाउने र अपूर्ण सपनालाई पूरा गर्ने दृढ संकल्पका साथ अभियान थालिएको दंगालले बताएका छन्।

घरदैलोका क्रममा व्यापक जन सहभागिता देखिएको छ। क्षेत्र नं. १ का आम मतदाताले तारा छापमा मतदान गरेर देश बचाउने, भ्रष्टाचारको अन्त्य गर्ने र जनताको पक्षमा उभिने बलियो राजनीतिक शक्ति स्थापित गर्ने आशा व्यक्त गरेका छन्।

स्थानीय बासिन्दाहरूले पुराना दलहरूको वाचा–कसम मात्रै सीमित राजनीति अन्त्य गर्दै अब व्यवहारमा परिवर्तन ल्याउने नेतृत्व आवश्यक रहेको धारणा राख्दै तारा छापप्रति समर्थन जनाएका छन्।
उम्मेदवार दंगालले घरदैलो क्रममा भने,
“सहिदको रगतले लेखिएको परिवर्तनलाई प्रतिगमनकारी शक्तिले कमजोर पार्न खोजिरहेका छन्। अब जनताले तारा छापमा मतदान गरेर भ्रष्ट, दलाल र जनविरोधी प्रवृत्तिको अन्त्य गर्नुपर्छ।”

अभियानलाई अझ सशक्त बनाउँदै टोल–टोल, बस्ती–बस्ती पुग्ने कार्यक्रम तय गरिएको पार्टी युवा नेता रवि राज दंगालले जनाए।

यससँगै बारा क्षेत्र नं. १ मा चुनावी माहोल झन् तातेको छ भने तारा छाप पक्षधर जनलहर दिनप्रतिदिन बढ्दो देखिएको छ।

Leave A Reply

Your email address will not be published.