"तराई बासी को ढुक ढुकी, रेडियो बारा हामी सबैको साहारा"

पकेट मनीबाट मानवता: जेन्जी एन्ड युथ अफ कलैया द्वारा दुवै खुट्टा गुमाएका राजेन्द्र दासलाई व्हिलचेयर साइकल सहयोग

0

बारा,कलैया माघ २३ शुक्रबार

युवाशक्ति सामाजिक सेवामा उदाहरणीय बन्दै गएको छ। जेन्जी एन्ड युथ अफ बारा, कलैयाले आफ्नै पकेट मनी संकलन गरेर कलैया उपमहानगरपालिका–८, देवीगञ्ज निवासी राजेन्द्र दासलाई व्हिलचेयर साइकल हस्तान्तरण गर्दै मानवीय सहयोग प्रदान गरेका छन्।

दास दुवै खुट्टा गुमाएका कारण दैनिक जीवनयापनमा अत्यन्तै कष्ट भोग्दै आएका थिए। उनको सहज आवतजावत र जीवनलाई केही हद सम्म सहज बनाउने उद्देश्यले युवाहरूले कुनै संघसंस्था, दातृ निकाय वा व्यक्तिगत चन्दा नलिई आफैंले रकम संकलन गरी सहयोग गरेका हुन्।

व्हिलचेयर हस्तान्तरण कार्यक्रममा बोल्दै जेन्जी एन्ड युथ अफ कलैया उपमहानगरपालिकाका अध्यक्ष सौरभ पाण्डेले पद वा हैसियत भन्दा माथि उठेर सेवाभाव मुख्य कुरा भएको बताए।

उनले भने, “हामी कुनै पदमा छैनौं, तर इच्छा शक्ति मजबुत भयो भने जो–कोहीले समाजसेवा गर्न सक्छ। मानवताको काम गर्न पद होइन, मन चाहिन्छ।”

पाण्डेले संस्थाले विगतका दिनहरूमा पनि अस्पताल सुधार, सरकारी कार्यालय भित्र देखिएका विकृति–विसंगति औंल्याउने तथा सुधारका लागि आवाज उठाउने कार्य गर्दै आएको स्मरण गराए।

युवाहरूको टोली सामाजिक उत्तरदायित्व प्रति सचेत रहँदै निरन्तर रचनात्मक अभियानमा सक्रिय रहेको उनले बताए।
स्थानीय वासीहरूले युवाहरूको पहललाई सराहनीय मान्दै यस्ता कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुने प्रतिक्रिया दिएका छन्।

मानवता मुखी सेवामा जुटेको युवाको यो कदमले कलैयामा सामाजिक एकता र सहकार्यको भावना थप मजबुत बनेको विश्वास गरिएको

Leave A Reply

Your email address will not be published.