पर्सा,बिरगंज माघ २३ शुक्रबार
पर्सा निर्वाचन क्षेत्र नं.–२ का जनमत पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार श्याम गुप्ताले घरदैलो कार्यक्रम लाई तीव्रता दिएका छन्।
यसै क्रममा बिरगंज महानगरपालिका वडा नं.–३ छपकैया तथा बहुदरामाई गाउँपालिका वडा नं.–४ डकैला बहुवारीमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
घरदैलो अभियानका क्रममा उम्मेदवार गुप्ता प्रत्येक घरमा पुगेर स्थानीय बासिन्दाका समस्या, गुनासा र अपेक्षा प्रत्यक्ष रुपमा सुन्दै समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका थिए।
उनले खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, दलित तथा सीमान्तकृत समुदायका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाए।
स्थानीयसँगको भेटघाटमा गुप्ताले “पर्सा–२ को समग्र विकास र जनताको वास्तविक समस्या समाधानको बाटो हरन छापमै सम्भव छ” भन्ने सन्देश दिँदै आफ्नो चुनाव चिन्ह हरन छापमा मतदान गर्न आग्रह गरे।
घरदैलोमा देखिएको जन सहभागिता, स्वागत तथा समर्थनले पर्सा–२ मा श्याम गुप्ताको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको स्थानीयहरूको भनाइ छ। लोकप्रियता उकालो लागेसँगै अन्य राजनीतिक दलहरूमा समेत चुनावी समीकरणलाई लिएर खलबली बढ्न थालेको राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ।
जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूका अनुसार आगामी दिनमा घरदैलो, कोणसभा र मतदाता संवाद कार्यक्रमलाई अझ सशक्त बनाउँदै लैजाने तयारी गरिएको छ।