"तराई बासी को ढुक ढुकी, रेडियो बारा हामी सबैको साहारा"

पर्सा–२ मा श्याम गुप्ताको तिव्र घरदैलो अभियान — गाँस, बास र आधारभूत सुविधाको ग्यारेन्टी गर्ने प्रतिबद्धता

0

पर्सा,बिरगंज, माघ २५ आइतबार 
र्सा क्षेत्र नं. २ मा जनमत पार्टीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्याम गुप्ताले चुनावी अभियानलाई तीव्र बनाएका छन्।
आज उनले बहुदरमाई नगरपालिका वडा नं. ३ पदमोद, गम्हरिया, नगरदाहा लगायतका बस्तीहरूमा घरदैलो तथा चुनावी प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेका छन्। त्यसैगरी वीरगंज महानगरपालिका वडा नं. ३ छपकैया क्षेत्रमा समेत व्यापक जनभेटघाट गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।

घरदैलोका क्रममा उम्मेदवार गुप्ताले नेपाल सरकारबाट नागरिकले पाउनुपर्ने आधारभूत सुविधा अझै पनि प्रभावकारी रूपमा गाउँ–गाउँ सम्म नपुगेको उल्लेख गर्दै गाँस र बासको ग्यारेन्टी आफ्नो पहिलो प्राथमिकता हुने बताए।
उनले ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच विस्तार, सिँचाइ व्यवस्थाको सुदृढीकरण तथा कृषिजन्य उत्पादनको बजारीकरणलाई योजनाबद्ध रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

मतदातासँगको संवादमा उठेका स्थानीय समस्या, विकासका अपेक्षा र जनगुनासालाई टिपोट गर्दै उनले भने—
“जनताबाट आएको म्यान्डेट जितमा परिणत हुनासाथ ती सबै मुद्दा कार्यान्वयनमा लैजान म इमान्दार प्रयास गर्नेछु।”
उनको घरदैलो अभियानमा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता देखिएको थियो। पर्सा–२ मा बढ्दो जनसम्पर्क र प्रत्यक्ष संवादका कारण चुनावी माहोल थप तातेको राजनीतिक विश्लेषकहरू बताउँछन्।

जनमत पार्टीले यस क्षेत्रलाई संगठनात्मक रूपमा मजबुत बनाउँदै विकास, सुशासन र आधारभूत अधिकारको एजेन्डा केन्द्रमा राखेर चुनावी प्रतिस्पर्धा गरिरहेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.