पर्सा,बिरगंज माघ २८ बुधबार
पर्सा क्षेत्र नम्बर–२ का जनमत पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार श्याम गुप्ता ले वीरगञ्ज महानगरपालिका वडा नम्बर–२४ मा सघन घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।
महानगर जस्तो शहरी क्षेत्र भए पनि आधारभूत तथा उच्चस्तरीय शिक्षाको पहुँच कमजोर रहेको भन्दै उनले वर्तमान तथा विगतका जनप्रतिनिधि माथि कडा प्रश्न उठाएका छन्।
घरदैलोका क्रममा स्थानीय अभिभावक, युवा तथा बुद्धिजीवीहरूसँग संवाद गर्दै गुप्ताले भने— “महानगरको नाम छ, तर गुणस्तरीय शिक्षा छैन। विद्यार्थी आज पनि राम्रो पढाइका लागि बाहिर जान बाध्य छन्। यो विकासको होइन, उपेक्षाको परिणाम हो।”
उनले महानगर भित्रै प्राविधिक, व्यावसायिक तथा उच्च शिक्षालय स्थापना गर्न आफ्नो पहिलो प्राथमिकता रहने दाबी गरे। शिक्षा सुधार बिना रोजगारी, सुशासन र समृद्धि सम्भव नरहेको उनको भनाइ थियो।
स्थानीयले पनि खानेपानी, सडकसँगै शिक्षा क्षेत्रको कमजोर अवस्थाबारे गुनासो राख्दै यसपटक परिवर्तन आवश्यक रहेको प्रतिक्रिया दिएका थिए। मतदाताको बढ्दो समर्थनले अन्य दलहरूमा हलचल पैदा भएको जनमत पार्टीको दाबी छ।
आगामी निर्वाचनमा हरन छाप मा मतदान गर्न आग्रह गर्दै गुप्ताले अधुरा वाचा होइन, परिणाम देखाउने प्रतिबद्धता दोहोर्याए। पर्सा–२ मा जनमत पार्टीको अभियान दिनानुदिन सशक्त बन्दै गएको देखिन्छ।