"तराई बासी को ढुक ढुकी, रेडियो बारा हामी सबैको साहारा"

जसपा नेपाल क्षेत्र नं. ३ का उम्मेदवार मिडियाबाट टाढिँदै ?

0

कलैया, बारा।

बारा निर्वाचन क्षेत्र नं. ३ का जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवारमाथि मिडियासँग संवाद गर्नबाट टाढिँदै गरेको आरोप लागेको छ।

स्थानीय रेडियो रेडियो बारा १०६.६ मेगाहर्ज मा दैनिक प्रसारित हुने ‘वैचारिक युद्ध’ कार्यक्रममा सहभागी हुने समय तय भए पनि अन्तिम समयमा “१० मिनेटमा आउँछु”, “२० मिनेटमा आउँछु” भन्दै उपस्थित नभएको गुनासो सम्बन्धित स्रोतले जनाएको छ। यसरी बारम्बार समय दिँदा पनि कार्यक्रममा नआएकाले उम्मेदवार मिडियाबाट भागिरहेको आरोप लगाइएको छ।

स्थानीय राजनीतिक वृत्तमा चर्चा छ कि बदलिँदो जनमत र परिवर्तनको लहरसँगै आफ्नो पक्षमा अनुकूल वातावरण बन्न नसकेपछि पूर्व सांसद रामबाबु यादव दबाबमा परेको देखिन्छ। आरोपअनुसार उहाँले पुरानै चुनावी एजेन्डा दोहोर्‍याउँदै झुटा आश्वासन बाँडेर जनतालाई विश्वस्त पार्न खोजे पनि अपेक्षित समर्थन नपाएपछि मिडियाबाट टाढा रहने रणनीति अपनाएको बुझिएको छ।

सामाजिक सञ्जाल तथा अन्य मिडियामा दिएको अभिव्यक्तिहरूमा समेत स्पष्ट र ठोस नयाँ एजेन्डा प्रस्तुत हुन नसकेको टिप्पणी गरिएको छ। विशेषगरी जेन–जेड पुस्ताको अपेक्षा र मागअनुसार ठोस नीतिगत योजना सार्वजनिक गर्न नसक्नु तथा पार्टीभित्र व्यक्तिवाद र स्वार्थ हाबी भएको आरोपका कारण उम्मेदवार उद्देश्यविहीन जस्तो देखिएको स्थानीय विश्लेषकहरूको धारणा छ।

यद्यपि, यस विषयमा सम्बन्धित उम्मेदवारको औपचारिक प्रतिक्रिया आउन बाँकी छ।

Leave A Reply

Your email address will not be published.