पर्सागढी, २ फागुन ।
सबैया साझेदारी बन उपभोक्ता समूहको आज सम्पन्न खुल्ला र मधेसी तर्फको सदस्य हरुको निर्वाचन आज सम्पन्न भएको छ ।
खुल्ला तर्फको सात सदस्य र मधेसी तर्फ एक सदस्यको लागि आज निर्बाचन भएको हो ।
आज भएको निर्बाचनमा खुल्ला तर्फ सदस्यमा जगत नारायण यादब ८१ मत , भैयाराम प्रसाद ७२ मत , रामअध्या राउत अहिर ६३ मत , श्रवण साह ४९ मत ,राजिब कुमार सोनार ४९ मत , सुरेस कुमार ४१ मत , सुरज कुमार कुर्मी ४१ मत प्राप्त गरि बिजय भएका छन भने मधेसि तर्फ मणिभुषण तिवारीले १२६ मत ल्याई बिजय भएको निर्बाचन अधिकृत रामनारायण कुर्मीले जानकारि दिनुभयो ।
खुल्ला सदस्य तर्फ सात सदस्यको लागि चालिस जनाको उम्मेदवारी परेकाे थियो भने मधेसि सदस्य तर्फ एक सदस्यको लागि दुई जनाको उम्मेदवारी परेकाे थियो ।
दलित, आदिवासी जनजाति र महिला तर्फका उम्मेदवारहरूबीच यस अघिनै सहमतिमा गोला प्रथा अपनाइएको थियो। तर खुल्ला र मधेसी सदस्यको लागि पनि गोला प्रथा गर्न खोज्दा एक समूहले होहल्ला गरि विवाद गर्दा स्थगित गरि आज निर्बाचन गरिएको हो ।
यस अघि सर्बसम्मत बाट अध्यक्षमा लखनलाल साह , उपाध्यक्षमा असलम आलम , सदस्यमा शेषनेसार अहमद र गोला तर्फबाट महिला तर्फ सखिना अन्सारी ,गिता देबि , रिनादेबि कलवार आदिबासी जनजाती तर्फ राधिका भक्त लामा र दलित तर्फ प्रियका माझी निर्बाचित भईसकेका छन ।
आज भएको निर्बाचन संगै सबैया साझेदारि बन उपभोक्ता समुहको कार्यसमितीले पुर्णता पाएकाे डिबिजन बन कार्यालय पर्साका बन अधिकृत मन्जुर अहमदले बताउनुभयो ।