तारा चिन्हमा मत माग्दै रमेश यादवको घरदैलो तिव्र, करैयामाई–३ मा चुनावी माहोल ततायो।

0

बारा,करैयामाइ फाल्गुन ०४ सोमबार

गामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टीका बारा क्षेत्र नं. २ का उम्मेदवार रमेश यादव ले चुनावी अभियानलाई तीव्रता दिएका छन्। चुनाव चिन्ह “तारा” मा मत माग्दै उनले आज करैयामाई गाउँपालिका वडा नं. ३ अन्तर्गत टोलापुर, बजनी र बजनी गोवाश क्षेत्रमा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन्।

घरदैलोका क्रममा उम्मेदवार यादवले आम मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय समस्या, विकास निर्माणको अवस्था, शिक्षा–स्वास्थ्य, रोजगारी लगायत जनजीविकासँग जोडिएका मुद्दाहरू सुनेका थिए।

उनले विगतका जनप्रतिनिधिहरूले जनतासँग गरेका प्रतिबद्धता पूरा नगरेको आरोप लगाउँदै अब विकल्पको रूपमा आफूलाई समर्थन गर्न आग्रह गरे।

कार्यक्रमसँगै अगुवा कार्यकर्ता भेटघाटलाई समेत सशक्त बनाइएको थियो। पार्टीका स्थानीय नेता–कार्यकर्ताहरूले क्षेत्र नं. २ मा यसपटक परिवर्तनको लहर सिर्जना हुने दाबी गर्दै संगठन विस्तार र मतदाता परिचालनलाई तीव्र बनाएको बताएका छन्।
उम्मेदवार यादवले भने,
“जनताको आधारभूत अधिकार सुनिश्चित गर्न, सुशासन कायम गर्न र क्षेत्रको समग्र विकासका लागि ‘तारा’ चिन्हमा मतदान गर्नुको विकल्प छैन।”
निर्वाचन नजिकिँदै जाँदा बारा क्षेत्र नं. २ मा विभिन्न दलका उम्मेदवारहरूबीच चुनावी गतिविधि चुलिँदै गएको छ भने मतदाता भेटघाट, घरदैलो र कोण सभाहरू दैनिक जसो भइरहेका छन्।

Leave A Reply

Your email address will not be published.