तारा छाप जिताउने अभियानमा भरत साहको घरदैलो, मतदाता उत्साहित

0

बारा,कलैया फाल्गुन ०५ मंगलबार
बारा क्षेत्र नं. ३ अन्तर्गत कलैया उपमहानगरपालिका वडा नं. १८ मा नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार भरत साह ले घरदैलो अभियानलाई तिव्रता दिएका छन्। चुनाव चिन्ह तारा छाप मा मत माग्दै साहले स्थानीय बासिन्दा सँग प्रत्यक्ष भेटघाट गर्दै चुनावी माहोल तताएका हुन्।

घरदैलोका क्रममा साहले समाजमा समर्पित व्यक्तित्व, राष्ट्रसेवक, किसान तथा मजदुर वर्गसँग छलफल गर्दै जनताको वास्तविक समस्या सुन्ने कामलाई प्राथमिकता दिएका छन्। उनले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि सुधार र श्रमिक अधिकारका मुद्दालाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएको बताएका छन्।

उम्मेदवार साहले विगतका निर्वाचित प्रतिनिधिहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउँदै अबको नेतृत्व विकास, सुशासन र जनअधिकारका पक्षमा दृढ रहने प्रतिबद्धता व्यक्त गरे।
“किसान–मजदुरको पसिना र युवाको भविष्य सुरक्षित नगरी समृद्धि सम्भव छैन,” उनले जनतामाझ प्रतिबद्धता जनाए।

घरदैलो अभियानमा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कलैया–१८ का टोल–टोलमा पुगेर साहले मतदातासँग प्रत्यक्ष संवाद गर्दै तारा छापमा मतदान गर्न अपिल गरिरहेका छन्।

आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपाले बारा–३ मा संगठन विस्तार, जनसम्पर्क र प्रचारप्रसार अभियानलाई अझ सशक्त बनाउने जनाएको

Leave A Reply

Your email address will not be published.