बारा,करैयामाइ फाल्गुन ०५ मंगलबार
आगामी प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै बारा क्षेत्र नम्बर–२ मा नेपाली कम्युनिस्ट पार्टीका चुनाव चिन्ह तारा छाप का उम्मेदवार रमेश यादव ले चुनावी अभियानलाई तीव्र बनाएका छन्।
करैया माई गाउँपालिका–४ अन्तर्गत लौतन, करैया गाउँ लगायतका टोलहरूमा व्यापक घरदैलो अभियान सञ्चालन गर्दै यादवले जनतासँग प्रत्यक्ष भेटघाट, समस्या सुन्ने र समाधानका प्रतिबद्धता जनाउने कामलाई आक्रामक रूपमा अगाडि बढाएका हुन्।
यसै क्रममा करैयामै पार्टीको चुनावी सम्पर्क कार्यालयसमेत विधिवत् उद्घाटन गरिएको छ। कार्यालय उद्घाटनसँगै चुनावी गतिविधि थप संगठित र प्रभावकारी बन्ने नेताहरूले बताएका छन्।
कार्यक्रमकै अवसरमा विभिन्न पार्टी परित्याग गरि करिब १०० जना प्रभावशाली व्यक्तित्वहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरू लाई उम्मेदवार रमेश यादवले गम्छा र टीका लगाएर भव्य स्वागत गर्दै पार्टीप्रति विश्वास जनाएकामा धन्यवाद व्यक्त गरे।
कार्यक्रममा सुरेश यादव, निबेश यादव, बतहु यादव लगायत स्थानीय अगुवा तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
चुनावी मैदान तताउँदै गएको तारा छापको अभियानले बारा–२ मा राजनीतिक माहोल थप तातेको स्थानीयहरूको भनाइ छ।