बारा,कलैया फाल्गुन ०६ बुधबार
नेपाली कम्युनिस्ट पार्टीका बारा क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार भरत साहले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै कलैया उपमहानगरपालिका–६ मा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलो अभियानका क्रममा उम्मेदवार साहले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जन गुनासा सुन्नुका साथै आगामी निर्वाचनमा पार्टीको चुनाव चिन्हमा मत प्रदान गर्न अपिल गरेका थिए। उनले विकास, सुशासन, रोजगारी सृजना तथा आधारभूत सेवामा सुधार आफ्नो प्रमुख एजेण्डा रहेको उल्लेख गर्दै जनताको विश्वास लाई जित्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थित हुने हरूमा हिमाल खरेल, नन्दलाल ठाकुर, धुर्ब यादव, मुकेश साह, राज खान, बैधनाथ साह, सरोज दहाल, सबिना गोले, उषा फुयाल, शान्ति माया तामाङ, नेत्र बहादुर श्रेष्ठ, संदिप यादव, सोनु पटेल, विक्रम साह, अबुलेश अंसारी, दिपक रेग्मी लगायतको सहभागिता रहेको थियो।
स्थानीय तहमा जनसम्पर्क विस्तार गर्दै संगठन सुदृढ पार्ने उद्देश्यसहित सञ्चालन गरिएको घरदैलो अभियानले मतदाता उत्साहित बनेको पार्टी स्रोतले जनाएको छ। उम्मेदवार साहले आगामी दिनमा पनि घरदैलो तथा कोणसभालाई निरन्तरता दिने बताएका छन्।