सिम्रौनगढमा नेकपा बुथ कमिटी गठन, घरदैलो अभियान तीव्र — स्थानीय समस्या समाधानमा जोड

0

बारा,सिम्रोनगढ, फाल्गुन ०६ बुधबार
नेपाली कम्युनिस्ट पार्टीले बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा संगठन विस्तारलाई तीव्रता दिएको छ।

बतहु यादवको प्रमुख आतिथ्यतामा वडा स्तरमा बुथ कमिटी गठन कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम अन्तर्गत सिम्रौनगढ वडा नं. २ अमृतगंज, वडा नं. ४ हरिहरपुर र वडा नं. ७ कवलपुरमा बुथ कमिटी गठन गरिएको छ।
कार्यक्रममा रमेश कुश्वाहा, नवल किशोर ठाकुर, श्याम किशोर यादव लगायत नेताहरूको उपस्थिति रहेको थियो।
यसै क्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार सन्तोष दंगालले आदर्श कोतवाल गाउँपालिकाका विभिन्न वडाहरूमा घरदैलो अभियानलाई तीव्र बनाएका छन्।

आदर्श कोतवाल गाउँ पालिका वडा नं. २ खजुरिया तथा वडा नं. ३ बतरा , भटिनिया, भगाहा क्षेत्रमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरिएको हो।

घरदैलो अभियानमा तपेश्वर चौधरी, कञ्चन पासवान, सरस्वती मैनाली, विभा कार्की, राजमती चौधरी,अनवर हुसेन,सुखल अंसारी,गजेन्द्र जयसवाल,इस्लाम मिया,ओम प्रकाश कुशवाहा,बिभा पासवान,मेहदी राम,रामजिरिस हजरा, सुनिता सापकोटा, देवशरण साह, लखिन्द्र पटेल, मुरतुजा मंसुरी, समिता चौलागाईं, प्रमानन्द साह, आत्माराम कार्की, सन्तिनिया चौधरी, सितापती देवी चौधरी, रुकमिणी चौधरी, सिकिन्द्र चौधरी लगायतका नेता तथा कार्यकर्ताहरू सहभागी भए संगै
स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको बताइएको छ।
भेटघाटका क्रममा स्थानीय वासीहरूले सिँचाइ, शिक्षा, स्वास्थ्य लगायत आधारभूत समस्याहरू राख्दै हालसम्म निर्वाचित जनप्रतिनिधिबाट अपेक्षित काम नभएको गुनासो गरेका थिए।
उम्मेदवार दंगालले जनताका समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पार्टीले संगठन सुदृढीकरणसँगै जनतासँग प्रत्यक्ष संवाद बढाउँदै चुनावी अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ।

Leave A Reply

Your email address will not be published.