बारा,कलैया फाल्गुन ०६ बुधबार
बारा क्षेत्र नं. ३ का जनमत पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रमोद गुप्ता यति बेला चुनावी अभियानलाई तीव्र बनाउँदै घरदैलो, कोणसभा तथा धार्मिक कार्यक्रममा सक्रिय सहभागिता जनाइरहेका छन्।
आज कलैया उपमहानगरपालिका वडा नं. २३ मा आयोजित घरदैलो कार्यक्रमसँगै कोण सभालाई सम्बोधन गर्दै उनले जनताको साथ, सहयोग र विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताए।
उनले जनमत पार्टीको चुनाव चिन्ह हरन छाप मा मत दिन आग्रह गर्दै क्षेत्रको समग्र विकास, रोजगारी, शिक्षा र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
यसै क्रममा उनी कलैया–२७ बाट निस्किएको महायज्ञको कलश यात्रामा समेत सहभागी भए।
धार्मिक सहिष्णुता र आस्थाप्रति सम्मान व्यक्त गर्दै उम्मेदवार गुप्ता खाली खुट्टा हिँडेर कलश यात्रामा सहभागी भएको दृश्यले स्थानीयमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
त्यसैगरी, भोलिदेखि सुरु हुन लागेको मुस्लिम समुदायको महान पर्व रमजानको अवसरमा उनले सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन्।
सबै धर्म, संस्कार र परम्पराप्रति समान सम्मान जनमत पार्टीको मूल नीति रहेको उल्लेख गर्दै उनले सामाजिक सद्भाव, एकता र सहअस्तित्वलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाए।
घरदैलो, कोणसभा र धार्मिक कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष संवाद बढाउँदै उम्मेदवार गुप्ताले चुनावी अभियानलाई व्यापक र प्रभावकारी बनाउँदै लगेका छन्।