बारा–३ मा नेपाली कम्युनिस्ट पार्टीप्रति आकर्षण बढ्दो, विभिन्न पार्टी परित्याग गरी नेताहरू प्रवेश

0

रौतहट,गौर,फाल्गुन ०६ बुधबार

बारा क्षेत्र नं. ३ मा नेपाली कम्युनिस्ट पार्टीप्रति जनविश्वास र आकर्षण क्रमशः बढ्दै गएको देखिएको छ। यसैक्रममा नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज सचिवालय सदस्य जितपुर सिमरा -१५ निवासी लक्ष्मी नेपाली आज विधिवत रूपमा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छिन।
उनीसँगै एमालेकै नासिम मियाँ कलैया  उपमहानगरपालिका–२० का नेपाली कांग्रेस उपसभापति रमा शेखर साह, सुरेन्द्र महतो तथा कलैया -४ का युवा नेता अजय साहले पनि पार्टी परित्याग गर्दै नेपाली कम्युनिस्ट पार्टी रोजेका हुन्।

उनीहरूलाई नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले रौतहटको गौरमा आयोजित कार्यक्रम बीच खादा र टीका लगाई पार्टी प्रवेश गराएका थिए।

पार्टी प्रवेश पछि लक्ष्मी नेपालीले एमाले अब पूँजीवादी धारतर्फ उन्मुख भएको आरोप लगाउँदै सर्वहारा वर्गको वास्तविक प्रतिनिधित्व गर्ने पार्टी नेपाली कम्युनिस्ट पार्टी मात्रै रहेको बताइन्। उनले “अब तारा चिन्ह नै आम नेपालीको चिन्ह हो, यही शक्तिले देश बचाउने र भ्रष्टाचार विरुद्ध कठोर कदम चाल्नेछ,” भन्ने धारणा व्यक्त गरिन्।

कार्यक्रममा सोनालल साह, हिमाल खरेल, बारा क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदवार भरत साह, आबिद हुसेन, राज खान लगायत नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

पार्टीका स्थानीय नेताहरूले पछिल्लो समय विभिन्न दल परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने क्रम बढ्नु संगठन विस्तार र जनआधार सुदृढ हुने संकेत भएको बताएका छन्।

Leave A Reply

Your email address will not be published.