बारा,कलैया १० फाल्गुन
नेपाली कम्युनिस्ट पार्टीका बारा क्षेत्र–३ का उम्मेदवार भरत साह ले चुनाव चिन्ह तारा छाप मा मत माग्दै कलैया उपमहानगरपालिका वडा–१५ मा सशक्त घरदैलो अभियान सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा उम्मेदवार साहले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रका विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र आधारभूत पूर्वाधारका विषयमा आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।
“जनताको समस्या सदनसम्म पुर्याउने र समाधानका लागि निरन्तर दबाब सिर्जना गर्ने” प्रतिवद्धता दोहोर्याउँदै उनले तारा छापमा मतदान गर्न आग्रह गरेका छन्।
अभियानका क्रममा उनले क्षेत्र भरिका विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी तथा युवासँग भेटघाटलाई समेत तीव्र बनाएका छन्।
स्थानीय स्तरमा पार्टीप्रति देखिएको उत्साहले बारा–३ मा तारा छापको लहर बढ्दै गएको कार्यकर्ताहरूको दाबी छ।
मतदाताको उल्लेखनीय सहभागितासँगै सम्पन्न घरदैलो कार्यक्रमले चुनावी माहोल झन् तातेको छ। आगामी निर्वाचनमा जनताको बलियो समर्थन सहित विजयी हुने दाबी गर्दै उम्मेदवार साहले विकास र समृद्धिको नयाँ अध्याय सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
“अबको रोजाइ – तारा छाप, विकासको प्रतिवद्धता साथ!”