बारा–२ मा तारा अभियानको लहर : रमेश यादव करैया माई र कोल्हवीका गाउँ–गाउँमा

0

बारा,कोल्हबी १० फाल्गुन
बारा क्षेत्र नं. २ मा चुनावी माहोल तातेको छ। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश यादव यति बेला करैया माई र कोल्हवी नगरपालिकाका विभिन्न गाउँ–टोलमा सघन घरदैलो अभियानमा जुटेका छन्।

करैया माई र कोल्हवी अन्तर्गतका काट गाउँ, नयाँ बस्ती, मिलन चौक, तेतरीया र ढोडिया लगायतका बस्तीमा पुगेर उनले मतदाता सँग प्रत्यक्ष भेटघाट गर्दै चुनाव चिन्ह “तारा” मा मतदान गर्न आग्रह गरेका छन्।

घरदैलोका क्रममा यादवले जनताका दैनिक समस्या, कृषि सिँचाइ, सडक, स्वास्थ्य र शिक्षा सम्बन्धी विषयमा गम्भीर ध्यान दिँदै निर्वाचित भए लगत्तै सदनमा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीय बासिन्दाले पनि रमेश यादवलाई उत्साहजनक साथ दिँदै परिवर्तनको पक्षमा उभिने संकेत दिएका छन्। गाउँ–गाउँमा देखिएको जनलहरले बारा–२ मा “तारा” चिन्हप्रति आकर्षण बढ्दै गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
यादवले भने,
“अब बारा–२ को विकासको जिम्मा जनता स्वयंले लिनुपर्ने समय आएको छ। तारा चिन्हमा मतदान गरेर क्षेत्रको समग्र विकासका लागि सशक्त प्रतिनिधि सदनमा पठाऔं।”

चुनावी मैदान तातिँदै जाँदा बारा–२ मा तारा अभियानले नयाँ ऊर्जा थपेको देखिन्छ।

Leave A Reply

Your email address will not be published.