२०४८ देखिको विकास यात्रालाई पूर्णता दिने प्रतिबद्धता, रामबाबुको हुंकार

0

बारा,कलैया ११ फाल्गुन
नता समाजवादी पार्टीका तर्फबाट बारा क्षेत्र–३ का उम्मेदवार रामबाबु यादव यतिबेला चुनावी मैदानमा जुझारु रूपमा उत्रिएका छन्।
छाता छाप चुनाव चिन्ह छाता छाप लिएर उनी गाउँ–गाउँमा घरदैलो, र्‍याली र कोणसभा तीव्र बनाउँदै मतदाता माझ सक्रिय देखिएका छन्।

यादवले आफू २०४८ साल देखि अहिले सम्म सब भन्दा बढी बिकास म निर्वाचित भएको बेला यस क्षेत्रको विकासमा योजनाबद्ध रूपमा लागिपरेको दाबी गर्दै आएका छन्। शिक्षा, सडक, सिँचाइ, खानेपानी देखि आधारभूत पूर्वाधार सम्मका थुप्रै योजनामा आफ्नो भूमिका रहेको उल्लेख गर्दै उनले अधुरा रहेका कामहरू पूरा गर्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्।

घरदैलो कार्यक्रममा बोल्दै उनले भने, “यो क्षेत्रको विकास अधुरो छोडिने छैन। जनताको भरोसा जितेर बाँकी काम सम्पन्न गर्नु नै मेरो पहिलो कर्तव्य हुनेछ।”

छाता छापमा मतदान गर्न अपिल गर्दै उनले बारा–३ लाई समृद्ध र आत्मनिर्भर बनाउने संकल्प दोहोर्‍याएका छन्। अहिले बारा–३ मा छाता छापको पक्षमा माहोल बढ्दो रहेको स्थानीय कार्यकर्ताहरूको दाबी छ।

चुनावी सरगर्मी चुलिँदै जाँदा रामबाबु यादवको अभियानले क्षेत्रीय राजनीतिमा नयाँ ऊर्जा थपेको देखिन्छ।

Leave A Reply

Your email address will not be published.