बारा क्षेत्र–३ मा तारा छापको लहर : टाङ्या बस्तिको घरदैलोले जित सुनिश्चित — भरत साह

0

बारा,कलैया १५ फाल्गुन
बारा क्षेत्र–३ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट तारा छापका उमेदवार भरत साहको चुनावी अभियान दिनानुदिन आक्रामक बन्दै गएको छ।
टाङ्या बस्तिमा सम्पन्न घरदैलो कार्यक्रमले निर्वाचन परिणाम आफ्नो पक्षमा सुनिश्चित हुँदै गएको दाबी साहले गरेका छन्।

घरदैलोका क्रममा कार्यकर्ताको बाक्लो उपस्थिति र आम नागरिकबाट ठाउँ–ठाउँमा भएको उत्साहजनक स्वागतले वातावरण पूर्ण रूपमा तारा पक्षमा बनेको उमेदवार साहको भनाइ छ। “जनताको साथ र समर्थन देख्दा जित अब औपचारिकता मात्र बाँकी जस्तो अनुभूति भइरहेको छ,” उनले बताए।

यसैक्रममा कलैया उपमहानगरपालिका–१२, सितलपुरमा आयोजित कोणसभामा पनि उल्लेखनीय जन सहभागिता देखिएको थियो।
उत्तर देखि दक्षिण सम्म सम्पूर्ण क्षेत्र तारा छापमै उभिएको दाबी गर्दै साहले विकास, रोजगारी र आधारभूत सेवाको सुनिश्चितताका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पारे।

Leave A Reply

Your email address will not be published.