व्यापारी हित नै प्राथमिकता : बारा उद्योग वाणिज्य संघको होली विशेष सन्देश

0

बारा,कलैया १५ फाल्गुन
बारा उद्योग वाणिज्य संघ द्वारा आयोजित होली मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम संघकै सभा हलमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा व्यवसायी तथा संघका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा संघका अध्यक्ष राजकुमार साहको नेतृत्वमा उपाध्यक्ष प्रदिप साह, महासचिव रामअषिस साह, कोषाध्यक्ष अजय कुमार, सचिव शिवजी प्रसाद यादव, साथै सदस्यहरू दिनेश प्रसाद, बृजकिशोर साह, धनिलाल सरार्फ, शशी भूषण साह लगायतको सहभागिता रहेको थियो भने अजय साहले कार्यक्रम सम्बन्धी जानकारी गराएका थिए।

उक्त अवसरमा अध्यक्ष साहले संघ सदैव व्यापारीहरूको हकहित संरक्षण, व्यवसायिक वातावरण सुधार तथा स्थानीय बजार सुदृढीकरणका लागि प्रतिबद्ध रहेको बताए। “व्यापारीको अधिकार, सुरक्षाको सुनिश्चितता र आर्थिक सशक्तीकरण नै हाम्रो प्राथमिकता हो,” उनले स्पष्ट पारे।

होलीको शुभ अवसरमा आयोजित कार्यक्रमले व्यवसायीहरूबीच आपसी सद्भाव, एकता र सहकार्यको भावना थप मजबुत बनाएको सहभागीहरूको भनाइ छ।

Leave A Reply

Your email address will not be published.