"तराई बासी को ढुक ढुकी, रेडियो बारा हामी सबैको साहारा"

महानगरमै आधारभूत समस्या: पर्सा–२ मा श्याम गुप्ताको घरदैलो, मतदाता सँग प्रत्यक्ष संवाद

1

पर्सा,बिरगंज माघ २७ मंगलबार
र्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बिरगंज महानगरपालिका–स्थित रानिघाट र अशोकवाटिका क्षेत्रमा जनमत पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार श्याम गुप्ता ले तीव्र घरदैलो तथा आम मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा उम्मेदवार गुप्ताले टोल–टोल पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, गुनासा र अपेक्षा सुनेका थिए। महानगर जस्तो विकसित मानिएको क्षेत्रमा समेत सडकको दयनीय अवस्था, खानेपानीको अभाव, ढल निकास र सरसफाइ जस्ता आधारभूत समस्या यथावत रहेको भन्दै स्थानीयले असन्तुष्टि पोखेका थिए।

मतदाताहरूले विगतमा निर्वाचित सांसदले चुनावका बेला विभिन्न बाचा गरे पनि ती कार्यान्वयन नभएको गुनासो गरेका थिए। “भोट माग्न आउँदा धेरै आश्वासन दिए, जितेपछि फर्केर हेरेनन्,” भन्ने जनगुनासो घरदैलोभरि सुनिएको थियो।
उम्मेदवार गुप्ताले विगतका जनप्रतिनिधिको निष्क्रियता र प्रतिबद्धताविहीन राजनीतिका कारण महानगरबासी आधारभूत सेवाबाट वञ्चित हुनुपरेकोआरोप लगाउँदै आफ्नो जित भए पहिलो प्राथमिकता सडक, खानेपानी र शहरी पूर्वाधार विकास रहने स्पष्ट पारे।
उनले भने, “महानगरमै जनता कच्ची सडक र धारा अभावमा बस्न बाध्य हुनु लज्जास्पद अवस्था हो। जनताले दिएको मतको सम्मान गर्दै पहिलो काम नै आधारभूत समस्या समाधान हुनेछ।”

घरदैलोका क्रममा स्थानीयले गुप्तालाई समर्थन व्यक्त गर्दै यसपटक विकासमुखी र जवाफदेही नेतृत्व रोज्ने संकेत गरेका जनमत पार्टीले जनाएको छ।

पर्सा–२ मा चुनाव नजिकिँदै जाँदा गुप्ताको घरदैलो अभियानले तीव्रता पाएको छ भने मतदातासँगको प्रत्यक्ष संवादलाई उनले चुनावी जितको मुख्य आधार बनाएका छन्।

Leave A Reply

Your email address will not be published.